

प्रधानन्यायाधीश नियुक्तिको टुंगो असार १ भित्र लाग्ने

काठमाडौं । प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश नियुक्तिको टुंगो असार १ गतेभित्र लगाउने भएको छ ।
आज बसेको समिति बैठकले असार १ गतेभित्र नियुक्ति टुंगो लगाउने गरी सुनुवाइ गर्ने निर्णय गरेको हो ।
तीनदिनभित्र सुनुवाइ टुंगाे लगाएपछि प्रधानन्यायाधीश नियुक्तिको बाटाे खुला हुनेछ ।
प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध जेठ १६ गते उजुरी आह्वान भएको थियो । १० दिनको समय उजुरीका लागि दिइएकोमा २९ उजुरी परेका छन् ।
जेठ ३० र ३१ गते समितिले उजुरीकर्तासँग छलफल गर्नेछ । समितिसमक्ष कार्कीले प्रस्तुत गरेका कार्य योजना सदस्यहरूलाई उपलब्ध गराइएको छ ।
जेठ ३२ गते कार्कीलाई बोलाएर छलफल गर्ने कार्य तालिका छ । असार १ गते समितिले निर्णय गर्नेछ ।