टेकु अस्पतालको क्वार्टरमै झुण्डिएको अवस्थामा फेला परे नर्सका श्रीमान्



काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुस्थित नर्सिङ क्वार्टरमा कार्यरत नर्स नर्वदा शर्माका श्रीमान् दधीराम भण्डारी आएर पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

काठमाडौं प्रहरी परिसरका एसपी सिताराम रिजालले त्रिभुवन विश्वविद्यालयमा कार्यरत ५४ वर्षीय भण्डारी झुण्डिएको अवस्थामा मृत भेटिएको जनाए ।

भण्डारीले आज कार्यालयबाट फर्किँदा अस्पताल आएर एकछिन रेष्ट गर्छु भनेको थिए भने श्रीमती ड्युटीमै थिइन् । पछि खाजा खान ३ बजेतिर फोन गर्दा नउठेपछि गएर हेर्दा मृत अवस्थामा फेला परेको बताइएको छ ।

दुईजना लामो समयदेखि क्वार्टरमै बस्थे नयाँ क्वार्टर बनाउने तयारी भएपछि त्यो क्वार्टर छाडेका थिए । तर, चाबी भने बुझाइएको थिएन ।