

डिजिटल ल्याबको उद्घाटन गर्दै मेयर चौधरीले भने, ‘नमूना स्वास्थ्य चौकी बनाउँछु’

लहान । लहान नगरपालिकाको वडा नं १० स्थित खुट्टीपारी लहानगोठ स्वास्थ्य चौकीमामा डिजिटल ल्याब सञ्चालनमा आएको छ ।
लहान नगरपालिकाको सहयोगमा सञ्चालन सुरु भएको उक्त ल्याबको उद्घाटन गर्दै लहान नगरपालिकाका मेयर महेश चौधरीले उद्घाटन गर्दै यस ल्याबबाट गरिब तथा बिपन्न वर्गका स्थानीयबासीले न्यूनतम दरमै सेवा पाउने बताए ।
उक्त ल्याबमा ५० प्रकारको परिक्षण हुने पनि मेयर चौधरीले जनाए । उनले यस ल्याबमा २५÷५० रुपैयाँमै परिक्षण गर्न सकिने पनि मेयर चौधरीले बताए ।
उनले यस चौकीमा आगामी दिनमा यही बर्थिङ सेन्टरका साथै आगामी आर्थिक वर्षदेखि एमबीबीएस डाक्टरको पनि व्यवस्था हुने बताए । त्यसपछि यस स्वास्थ्य चौकी लहान नगरपालिकाकै नमूना स्वास्थ्य चौकीका रुपमा विकास हुने पनि मेयर चौधरीले दाबी गरे ।