

लहानमा सरसफाई गरी यसरी मनाइयो गणतन्त्र दिवस (फोटोफिचर)

लहान – १६ औं गणतन्त्र दिवसका अवसरमा लहान नगरपालिकाले बृहत सरसफाई तथा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।
सरसफाई अभियानको सुरुवात गर्दै मेयर महेश चौधरीले गणतन्त्रका बारेमा प्रकाश पारेका थिए । उनले गणतन्त्र गरिब, जनताको लागि भएको बताए । उनले संविधान र कानुनको अधिनमा बसेर गरिब, निमुखा जनताहरुले गणतन्त्रको प्रत्याभूति गर्न पाउनुपर्ने बताए ।
एक विशेष कार्यक्रमपछि नगरका विभिन्न क्षेत्रमा सरसफाई गरिएको थियो ।