सशस्त्र अस्पतालका इन्स्पेक्टर डा. केसीलाई गृहको स्पष्टीकरण

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी निरीक्षक डा. समिर केसीलाई स्पष्टीकरण सोधेको छ।

नेपाल एपिएफ अस्पतालमा कार्यरत केसी गत चैत १३ गतेदेखि अस्पतालमा अनुपस्थित छन्।

कसैलाई कुनै किसिमको जानकारी नगराई लामो समयदेखि गैर हाजिर रहेकोले केसीलाई स्पष्टीकरण सोधिएको हो।

केसीलाई सशस्त्र प्रहरी सेवाबाट हटाउन आवश्यक कारबाहीको तयारीसमेत भएको छ।

गैरहाजिर रहेको मनासिब कारण ७ दिनभित्र पेश गर्नसमेत केसीलाई मन्त्रालयले आग्रह गरेको थियो। तर केसी सम्पर्कमा आएका थिएनन्।

केसीलाई विभागीय सजाय किन नदिने, दिनु नपर्ने कुनै मनासिब कारण भए बाटोको म्यादबाहेक ७ दिनभित्र मन्त्रालयमा स्पष्टीकरण पेश गर्नसमेत मन्‍त्रालयले सूचना प्रकाशित गरेर जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *