

प्रहरीमाथि भन्सार छलेर सामान ल्याउनेद्वारा आक्रमण, ४ प्रहरी घाइते, घटनामा संलग्न ५ पक्राउ

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ स्थित सुकासालमा प्रहरी र सामान ल्याउनेबीच विवाद भएको छ ।
गएराति भन्सार छलि गरी ल्याइरहेको सामान जाँच गर्दा पश्चिमी सीमा नाका गड्डाचौकी नजिक सुकासाल क्षेत्रमा विवादले उग्ररुप लिएपछि भएपछि प्रहरीमाथि आक्रमण भएको हो ।
भारतबाट सामान ल्याउनेहरुले जाँचका क्रममा विवाद भएपछि सुकासालस्थित अस्थायी प्रहरी बिटमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
सुकासालस्थित अस्थायी प्रहरी बिटबाट जाँचमा खटिएका प्रहरीमाथि आक्रमण भएको कञ्चनपुर प्रहरीले जनाएको छ । सो आक्रमणमा ४ जना प्रहरी घाइते भएका छन् ।
घटनामा संलग्न ५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी रहेको बताइएको छ ।