

प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भेटवार्ता

काठमाडौं । प्रमुख तीन दलका शिर्ष नेताको बिचमा भेटघाट जारी रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटघाट जारी छ ।
सरकारका नीति तथा कार्यक्रम, जेठ १५ गते आउने बजेटसहित नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा छलफल हुने बुझिएको छ।