कक्षा १२ को परिक्षा दिँदै ७९ वर्षीया रत्नकुमारी…



काठमाडौं । आजदेखि सुरु भएको कक्षा १२ को परिक्षामा बानेश्वर क्याम्पस शान्तिनगरका अध्ययन गर्ने ७९ वर्षीया रत्नकुमारी सुनुवारले परिक्षा दिएकी छिन् ।

२००१ साल मंसिर १ गते जन्मिएकी सुनुवारले बानेश्वर क्याम्पसमा मानविकी संकायमा १२ कक्षा पढिरहेकी छिन् ।

रामेछाप जिल्लाको बेताली स्थायी बसोबास गर्ने रत्नकुमारीले ऐच्छिक विषयका रुपमा सोसल स्टडिज, रुरल डेभलपमेन्ट, सोसोलोगी र मास कम्युनिकेशन विषय अध्ययन गरिरहेकी छिन् ।

उनी आज कोटेश्वरस्थित कोटेश्वर बहुमुखी क्याम्पस परिक्षा केन्द्रबाट परिक्षामा सहभागि भएकी हुन् ।