

सशस्त्र प्रहरीका सई चैसिरमाथि खुकुरी प्रहार गर्ने ५ पक्राउ

कैलाली । कञ्चनपुरमा सशस्त्र प्रहरी माथि खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ परेका छन् ।
जिल्लाको दोधारा चाँदनी नगरपालिकाको कंजभेज बीओपीका प्रमुख सई नरेन्द्र चैसिरमाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।
पोस्टनजिकै शुक्रवार राति साढे १० बजे उनीहरूले सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गरेका थिए।
सशस्त्र प्रहरी माथि गाली गलौच गर्दै खुकुरी प्रहार गरेर फरार रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
खुकुरी प्रहारबाट सई चैसिरको बायाँ पाखुरामा चोट लागेको छ।