

सरकारमा थपिए ३ मन्त्री, कांग्रेसबाट गुरूङ, बस्नेत र लिम्बु भए मन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा नेपाली कांग्रेसका ३ जना मन्त्री थपिएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेसका ३ नेतालाई मन्त्री नियुक्त गरेका हुन् ।
कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन् ।
यससँगै प्रधानमन्त्री दाहालको नेतृत्वको सरकारमा नवाैं पटक मन्त्रीमण्डल विस्तार भएको हो ।