

मेयर चौधरीले गरे हातिदह जाने सडक विस्तारको शिलान्यास

लहान । लहानको पर्यटकीय क्षेत्र हातिदह सिमसार जाने सडक २७ फिट फराकिलो बनाउनका लागि शिलान्यास गरिएको छ । उक्त सडक विस्तारका लागि लहान नगरपालिकाका मेयर महेश चौधरीले बुधबार शिलान्यास गरेका हुन् ।
लहान नगरपालिकाको पहलमा वडा नं. १५ मा पर्ने हातिदह सिमसार पर्यटकीय क्षेत्रको विकासका साथै पर्यटकहरुको सुविधाका लागि बाटो फराकिलो बनाई असार भित्र निर्माण सम्पन्न गरिने मेयर चौधरीले बताए ।
अहिले १२ फिटको सडक रहेकोमा २७ फिटको बनानका लागि नगरपालिकाले ५० लाख रुपैयाँ बजेट छुट्याएको पनि जनाए ।