

एक साताका लागि साउदी प्रवेशका सबै माध्यममा बन्देज

रियाद । साउदी अरबले सबै अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको छ । युरोपेली मुलुकहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै साउदी अरेबिया सरकारले साउदी प्रवेश गर्ने सबै माध्यम बन्द गरेको हो ।
साउदी सरकारले हवाई उडानमात्र नभएर सामुद्रीक सीमा पनि एक साताका लागि बन्द गरेकोछ । त्यस्तै स्थलमाध्ममबाट पनि प्रवेश रोकिएको साउदीको आन्तरिक मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कोरोना भाइरसको जोखिम बढ्दै गएमा अर्को साताका लागि पनि यो नियम थप हुन सक्ने जनाइएको छ ।
साउदी अरब प्रवेश गर्ने हरेक व्यक्तिले दुई साता होम आईसोलेसनमा बस्नुपर्ने पनि जनाइएको छ । आईसोलेसनमा बसेको व्यक्तिले हरेक ५ दिनमा कोरोना भाइरसको परिक्षण गर्नुपर्ने जनाइएको छ ।