

कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, कस्तो छ त अहिलेको ताजा अवस्था ?

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उनका दाइ मीन भण्डारीले बताएका छन् ।
भारतको नयाँ दिल्लीमा उपचाररत भण्डारीको काउन्सिलिंग डा.सुनिल मनोहर केश्वानीका अनुसार उनको अनुहारको छाला राम्रो भइरहेको छ ।
त्यस्तै, हाल उनको बायाँ हातको पट्टी खोलिएको, ग्राफ्टिङ राम्रो भइरहेको, ज्वरो नआएको भण्डारीले बताए ।
बिहीबार ड्रेसिङ गरिएको, डोनर क्षेत्र अझै भिजेको तर सुधार राम्रो भइरहेको, सबै स्वास्थ्य प्यारामिटरहरू सामान्य रहेको बताइएको छ ।
पछिल्लो समय डा भण्डारीलाई ज्वरो समेत नआएको र दिनदिनै फिजियोथेरापी गरिएको छ । डा भण्डारीलाई दैनिक तीन/चार पटक हिँडाउने गरिएको छ ।
आगलागीमा परी सांसद डा भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए ।
आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । चन्द्रलाई साेही दिन मुम्बईमा लगिएको थियाे ।