

नेपाली सेनाले माग्यो फास्ट ट्रयाकका लागि १७ कर्मचारी (सूचनासहित)

काठमाडौं । काठमाडौं तराई-मधेश द्रूतमार्ग सडक (फास्ट ट्रयाक) आयोजनाका लागि नेपाली सेनाले कर्मचारी मागेको छ ।
नेपाली सेनाले बिहीबार सूचना जारी गर्दै आयोजनाका लागि केही विज्ञसहित १७ जना कर्मचारीका लागि आवेदन मागेको छ ।
आयोजनाका लागि हाइवे डिजाइनरदेखि समाजशास्ती, वातावरणविद्, बायो इन्जिनियर र इन्जिनियरलगायतका कर्मचारी मागिएको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको १५ दिनभित्र दर्खास्त दिनेसक्ने छन् । निवेदन आफ्नो बायोडाटासहित इमेल वा भौतिकरुपमा उपस्थित भएर भद्रकालीस्थित आयोजनाको कार्यालयमा दिन सकिने छ ।
यो जनशक्तिले नेपाली सेनासँग समन्वय गरी योजना र निर्माणलाई समयमै सम्पन्न गर्न भूमिका खेल्नु पर्नेछ ।