

यसरी भयो देशका सर्वाधिक चर्चित दुई मेयरहरुबीच पहिलो भेट… (फोटोफिचर)

काठमाडौं । गत वैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपालका दुई मेयरहरु सर्वाधिक चर्चामा रहे । ती हुन् संघीय राजधानी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ ।
जनताका सर्वाधिक आशाका केन्द्र मानिएका यी दुई मेयरले काठमाडौं र धरानमा गरेका कामबाट आम जनता खुशी छन् । निर्वाचित भएको करिब १ वर्षपछि यी दुई मेयरहरुबीच भेटघाट भएको छ ।
पछिल्ला दिनमा धरानका मेयर साम्पाङ राजधानीमा आएका बेला काठमाडौं मेयर बालेनसँग भेट वार्ता गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् फोटो रमाइलो भएको बताउँदै फोटोहरु सार्वजनिक गरेका छन् ।