

साइड लगाउँदै गर्दा ग्यास सिलिन्डर बोकेको ट्रक पल्टियो, ३ जनाको मृत्यु

सुर्खेत – दैलेखमा मनकामना ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना भएको छ । ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा चालक कृष्ण चौधरी, लक्षिराम चौधरी र विष्णु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक डीएसपी किसोर लम्सालले जानकारी दिए । लम्सालका अनुसार सहचालक प्रकाश कुमाई घाइते भएका छन् ।
बुधवार नेपालगन्जबाट दैलेख जाँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ तालपोखरीमा दुर्घटना भएको हो ।
ट्रक सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको छ ।
सडकमा ‘साइड’ लगाएर ओट लगाउने क्रममा ट्रक पल्टिएको उनले बताए । दुर्घटनामा चालकसहित तीनजनाको मृत्यु भएको र सहचालक सकुशल रहेको उनले जानकारी दिए ।