

देशभर थप १३ संक्रमितको मृत्यु भएसँगै मृतक संख्या १७४३ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घन्टामा १३ जनाको मृत्यु भएको नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १७४३ पुगेको छ ।
आज थपिएको संक्रमित संख्यासँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।
त्यस्तै पछिल्लो एक दिनमा ८४७ जना कोरोना निको भएर घर फर्केका छन् । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको छ ।
हालसम्म नेपालमा १८ लाख ४९ हजार १३६ को कोरोना परिक्षण गरिएको छ ।