सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी, १५ दिनभित्र लिखित जवाफ दिन प्रचण्डलाई आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध कारण देखाऊ आदेश जारी गरेको छ ।

प्रधानमन्त्री समेत रहेका प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै परेको रिटमा शुक्रवार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षी (प्रचण्ड) का नाममा कारण देखऊ आदेश जारी गरेको हो । साथै मुद्दालाई अग्राधिकार समेत दिइएको छ ।

‘निवेदकको मागबमोजिम आदेश जारी हुनु नपर्ने केही कारण भए बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीका नाममा कारण देखाऊ आदेश जारी भएको छ,’ सर्वोच्चका प्रवक्ता विमल पौडेलले भने ।

द्वन्द्वकालमा मारिएका ५ हजारजनाको जिम्मा लिने भनी २०७६ माघ १ गते टुँडिखेलमा दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायतले रिट दायर गरेका छन् ।

आरणसहित २९ जनाका तर्फबाट रिट दायर भएको छ । शुरूमा सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको रिट न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुयाँलको आदेशबमोजिम दर्ता भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *