

डा. भट्टराईले दिए कांग्रेसलाई बधाई

काठमाडाैं । सरकारविरुद्ध प्रदर्शनमा उत्रेको भन्दै पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले कांग्रेसलाई बधाई दिएका छन् ।
कांग्रेसले देशव्यापी रुपमा प्रदर्शन गरिरहेका बेला नेता भट्टराईले अब जनता समाजवादी पार्टी समेत सरकारको विरोधमा सडकमा जाने बताएका छन् ।
उनले अब सदन बोलाउन समेत पहल गर्न कांग्रेसलाई आग्रह गरेका छन् ।
नेता भट्टराईले ट्विट गर्दै भनेका छन्,‘ओली सरकारको निरंकुशता र कुशासन विरूद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाइ ।
भनिन्छ लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्र मध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकार र कर्तव्य हुन्छ । अब सदन बोलाउन पहल गरौं । जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडक सदनमा गर्जन्छ ।