

काठमाडौंको आकाशमा कतार एयरवेजले लगायो १४ फन्को !

काठमाडौं । विमानस्थलमा तीब्रगतिमा हावा बगेका कारण कतार एयरवेज अवतरण गर्न नसकेर कतार एयरवेज र मलेसियाबाट आएको मालिन्दो एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपूर्व ओभरसुट गर्नु परेको छ ।
जहाज आएकै दिशाबाट तीव्र गतिमा बहेको हावाका कारण यी दुई जहाज अवतरण गर्न नसकी पुनः आकाशमै फर्काइएको हो । नसकी काठमाडौंको आकाशमा घुमि रहेको छ । यो समाचार तयार पार्दासम्म कतार एयरवेजको जहाजले राजधानीको आकाशलाई १४ पटक फन्का लगाइसकेको छ ।
सामान्यतया १० नट्स भन्दा कमको वहाव हुँदा जहाज अवतरण गर्न सक्छन् । तर, गति १५ नट्सभन्दा माथि भएपछि जहाज ओभरसुट गर्नु परेको हो । यी जहाज अहिले नेपाली आकाशमा घुमिरहेका छन् । चाप सामान्य भएपछि अवतरण गराइने कार्यालय स्रोतको भनाइ छ ।