

सशस्त्र प्रहरीद्वारा भन्सार छलिको लत्ताकपडा बरामद

बाँके । सशस्त्र प्रहरी बल नेपाल बिओपि जमुनाह बाँकेले फागुन ९ गते करीब २ लाख ७६ हजार रुपैयाँ बराबरको भन्सार छलिको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याइँदै गरेको उक्त लत्ताकपडा बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका–१६ जयसपुरबाट बरामद गरिएको हो ।
बरामद सामान नेपालगंज भन्सार कार्यालय बाँकेमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।