

नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ३० हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १०५६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घन्टामा १४ जनाको मृत्यु भएको नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६५१ पुगेको छ ।
आज थपिएको संक्रमित संख्यासँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।
त्यस्तै पछिल्लो एक दिनमा १४८३ जना कोरोना निको भएर घर फर्केका छन् । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ ।
हालसम्म नेपालमा १७ लाख ९९ हजार ६८६ को कोरोना परिक्षण गरिएको छ ।