सांसद भण्डारीलाई थप उपचारका लागि यथाशिघ्र देशबाहिर लैजान अस्पतालको सिफारिस

काठमाडाैं । ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजान अस्पतालले रिफर गरेको छ ।

काठमाडौं बुद्धनगरस्थित घरमा बुधवार राति भएको विस्फोटमा परेर जलेका आमाछोराको उपचार अहिले कीर्तिपुर बर्न अस्पतालमा भइरहे पनि अस्पतालले थप उपचार नेपालमा यथाेचित हुन असम्भव भएकोले देशबाहिर लैजाने व्यवस्था गर्न अनुरोध गर्दै सिफारिस समेत गरेको छ ।

घाइते भण्डारीको ३० प्रतिशत आमाको ७० प्रतिशत शरीर जलेकाले अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । सांसद भण्डारीको टाउको र दाहिने साइडमा बढी असर गरेको छ ।

परिवारका सदस्यका अनुसार बुधवार राति भान्साकोठामा ग्यास लिक भएको थाहा पाएपछि ८८ वर्षीय आमा हरिकला भण्डारी पुगेको समयमा विस्फोट भएको र उनलाई बचाउन गएको बेला चन्द्रलाई पनि आगो लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *