

सेनाका १३ अधिकृत नेशनल डिफेन्स कोर्सका लागि उत्तीर्ण, को-को भए त एनडीसीका लागि छनोट ?

काठमाडाैं । नेपाली सेनामा सन् २०२३/२४ मा विभिन्न देशमा सञ्चालन हुने नेशनल डिफेन्स कोर्स (एनडीसी) वा सो सरहको तालिमका लागि १३ जना उत्तीर्ण भएका छन्। उत्तीर्ण हुनेहरूमा १० जना महासेनानी र ३ जना सहायकरथी छन्।
सेनाले उत्तीर्ण भएका शिक्षार्थीहरूको मर्यादाक्रमसहितको नतिजा प्रकाशन गरेको हो।
तालिमका लागि उत्तीर्ण हुनेहरूमा मर्यादाक्रमअनुसार क्रमशः पूर्वी कमाण्ड हेडक्वार्टर (काज, मध्यपूर्वी पृतना हेडक्वार्टर)का महासेनानी दिलविक्रम सुब्बा, नीति तथा योजना निर्देशनालयका महासेनानी शिवराज पन्त, शान्ति कार्य निर्देशनालयका महासेनानी अशोकबहादुर चन्द, सैनिक तालिम महानिर्देशनालयका महासेनानी भूमिभक्त बराल, प्रधानसेनापतिको कार्यालयका महासेनानी विमलराज शर्मा रहेका छन्।
यस्तै पूर्वी कमाण्ड हेडक्वार्टर (पूर्वी पृतनामा कार्यरत)का सहायकरथी रञ्जित थापा, नेपाली सैनिक ब्याटल स्कुलका सहायकरथी पदमबहादुर बुढा, उपत्यका कमाण्ड हेडक्वार्टर (काज, मध्य पृतना हेडक्वार्टर)का महासेनानी सन्तोष कार्की, मध्य कमाण्ड हेडक्वार्टर (काज, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान)का महासेनानी बबी चन्द तालिमका लागि उत्तीर्ण भएका छन्।
त्यसैगरी बलाधिकृत विभागका महासेनानी सुरेश हमाल, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय (काज, मध्यपश्चिम पृतना हेडक्वार्टर)का सहायकरथी माधव थापा, नं. ७ बाहिनी अड्डा (काज, काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजना समन्वय तथा अनुगमन समितिको कार्यालय)का महासेनानी कमल बानियाँ र नं. १९ बाहिनी अड्डाका महासेनानी किरणराज श्रेष्ठ पनि तालिमका लागि उत्तीर्ण भएका छन्।
उत्तीर्ण उम्मेदवारहरूलाई विभिन्न देशबाट प्राप्त हुने एनडीसी वा सोसरहको तालिमको प्राप्त भ्याकेन्सी, मर्यादाक्रम, तालिम सञ्चालन हुने समय र उम्मेदवारहरूको उमेरलाई समेत मध्यनजर गरी क्रमिक रूपमा तालिममा सहभागी हुन मनोनयन गरिने सेनाले जनाएको छ।