उपरथी भट्टसहित सेनाका बढुवा भएका अधिकृतलाई दर्ज्यानी चिन्ह

काठमाडौं ।  नेपाली सेनामा मन्त्रिपरिषद्को माघ २३ गतेको निर्णयअनुसार उपरथी, सहायकरथी र महासेनानी पदमा बढुवा भएका सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

बिहीबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा बढुवा भएका कृष्णदेव भट्टसहित सहायकरथीमा बढुवा भएका एक जना र महासेनानीमा बढुवा भएका चार जना सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

बढुवा भएका उपरथी कृष्णदेव भट्ट प्रबन्धरथी विभागको विभागीय प्रमुखमा नियुक्त भएका छन्।

दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रममा रथीहरू तथा अधिकृतहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *