सशस्त्र डीआईजीका लागि यी चारजनाको सिफारिस (सूचीसहित)



काठमाडौं – गृहमन्त्रालयले सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवाका लागि चार जनाको सिफारिस गरेको छ ।

सशस्त्र बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुमध्येबाट ४ जनालाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को (ख) बमोजिम बढुवाको सिफारिस गरिएको जनाइएको छ ।

बढुवा सिफारिस हुनेमा पहिलो नम्बरमा सुरेश कुमार श्रेष्ठ रहेका छन् भने अञ्जनी कुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा क्रमशः दोस्रो, तेस्रो र चौथो नम्बरमा सिफारिस भएका छन् ।

May be an image of text