

सेनाका जवान कार्की राजधानीको गेष्ट हाउसमा झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौं । नेपाली सेनाका जवान काठमाडौंको एक गेष्ट हाउसमा मृत फेला परेका छन् ।
रणभैरव गणमा कार्यरत नेपाली सेनाका जवान विनय कार्की बालाजुस्थित रसुवा गंगाजल गेष्ट हाउसमा मंगलबार बिहान मृत भेटिएका हुन् ।
नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार उनी गणबाट सोमबार हिँडेका थिए । मंगलबार बिहान गेष्ट हाउसको कोठा नम्बर १०२ मा उनी झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
उनको घर पाल्पा रैनादेवी छहरा हो । उनको हत्या हो या आत्महत्या अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले बताए । उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महराजगञ्ज लगिएको छ ।