संसद भवन अगाडि आचार्यले गरे पेट्रोल खन्याएर आत्मदाहको प्रयास

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि एकजनाले आफ्नै शरीरमा आगो लगाएका छन् ।

३६ वर्षीय इलाम घर भएका प्रेम प्रसाद आचार्यले संसद भवन अगाडि  पेट्रोल खनाएर आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन्।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता  दिनेशराज मैनालीले उनको उद्धार गरी किर्तिपुर अस्पताल लगिएको  बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद् बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले आफूलाई पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन्।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *