

प्रधानमन्त्रीको प्रेस विज्ञमा मनहरी तिमिल्सिना नियुक्त

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस विज्ञ मनहरि तिमिल्सिना नियुक्त भएका छन् ।
लामो समयदेखि पत्रकारितामा सक्रिय तिमिल्सिनालाई प्रधानमन्त्री कार्यालयले प्रेस विज्ञको भूमिका निर्वाहका लागि नियुक्त गरेको जनाइएको छ ।
उनले यसअघि पनि उक्त जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका थिए । पछिल्लो समय अनलाइन पत्रकारिताका साथै किताब लेखनमा सक्रिय तिमिल्सिना प्रचण्डका विश्वसनीय पात्रका रुपमा चिनिन्छन् ।