

प्रचण्डलाई ‘प्रचण्ड’ विश्वासको मत !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रचण्ड बहुमतका साथ विश्वासको मत लिने देखिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि विश्वासको मत दिने भएपनि प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत प्राप्त हुने भएको हो ।
प्रचण्डलाई जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल बाहेक अन्य सबै राजनीतिक दल र स्वतन्त्र सांसदहरुले विश्वासको मत दिने प्रतिबद्धता गरिसकेका छन् ।
कुनै राजनीतिक दलले शर्तसहितको विश्वासको मत दिएको बताएका छन् भने कुनैले शर्तबिना विश्वासको मत दिएका छन् । नेपाली कांग्रेसले विश्वासको मत दिएता पनि सम्भवतः सरकारमा भने जाने देखिएको छैन । तर राजनीतिमा जे पनि हुन्छ भन्ने उक्तिलाई चरितार्थ भएकोले भविष्यमा के हुन्छ त्यसको आंकलन अहिल्यै गर्न सकिने अवस्था भने रहेको छैन ।