

यी हुन् ड्युटीका प्रहरीमाथि अभद्र व्यवहार गर्ने लेखा अधिकृत, प्रहरीद्वारा मोटरसाइकलसहित पक्राउ

सुर्खेत – हुम्लाको चंखेली गाउँपालिकाका लेखा अधिकृत नविन रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मादक पदार्थ सेवन गरी ड्टयुटीका प्रहरीमाथि अभद्र व्यवहार गरेपछि रेग्मीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको हो ।
वीरेन्द्रनगरस्थित मंगलगढी चोकमा ट्राफिक चेकजाँचका क्रममा रेग्मीले प्रहरीसँग अभद्र व्यवहार गरेको प्रहरी नायब निरीक्षक जयराम घर्तीले जानकारी दिए । घर्तीका अनुसार मापसे गरी मोटरसाइकल चलाएका रेग्मीले ड्युटीमा खटिएका प्रहरीसँग अपशब्द प्रयोग गरेका थिए ।
रेग्मीले चलाएको कर्णाली प्रदेश ००२–००१ प २९६ नम्बर मोटरसाइकल समेत प्रहरीको नियन्त्रणमा रहेको छ ।