

अर्थतन्त्रबारे प्रधानमन्त्रीले गरे अर्थमन्त्री र गभर्नरसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रबारे चासो राखेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्रबारे जानकारी लिएका हुन् ।
देशको अर्थतन्त्रप्रति चासो राखेका प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रमा देखिएका समस्या तत्काल सुधार गर्न निर्देशन पनि दिए ।
ब्याजदर घटाउन र मौद्रिक नीतिमा आवश्यक सुधार गरेर तरलता हटाउन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका उनको सचिवालयले जनाएको छ ।