साढे ७ लाख तिर्नुपर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध बालेन ढक्ढक्याए सर्वोच्चको ढोका !

काठमाडौं । निर्वाचन आयोगले तोकेको जरिवानाविरूद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सर्वोच्च अदालत पुगेका छन्।

मंगलबार मेयर शाहले सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदन पेश गरेका हुन्। निर्वाचन आयोगले मेयर शाह लगायतलाई चुनावी खर्च ढिलो गरी बुझाएको भन्दै जरिवाना तोकेको थियो।

आयोगले उनलाई ७ लाख ५० हजार जरिवाना तोकेको थियो। यस्तै ७ लाख ५० हजार रुपैयाँ चुनावी खर्च गर्न पाउने भए पनि आफूले ३ लाख ९४ हजार ४८९ रुपैयाँ मात्रै खर्च भएको विवरण शाहले बुझाएको बताएका छन्।

आयोगले खर्च विवरण नबुझाउने र समयमा नबुझाउने उनीसहित थुप्रै उम्मेदवारहरूलाई जरिवाना गरेको थियो। आफू लगायत आयोगको निर्णयले अन्याय भएको भन्दै उनले निवेदन दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *