चिलुवालको अध्यक्षतामा लोकतान्त्रिक अपांग संघ वैचारिक गठन

काठमाडौं । अपाङ्गता अधिकारीकर्मी  प्रकाश चिलुवालको अध्यक्षतामा लोकतान्त्रिक अपाङ्ग संघ वैचारिक गठन गरिएको छ ।

उक्त संघको उपाध्यक्षमा ढुन्डीराज चालिसे, महासचिवमा दिपक केसी, कोषाध्यक्षमा कमला दाहाल र सचिवमा काशीराम ठाकुर रहेका छन् । कार्यसमिति १५ सदस्यीय रहेको छ । नवगठित संस्था नेपाली कांग्रेस निकटका अपाङ्गता भएका नागरिकहरुको प्रतिनिधीमूलक संस्थाका रुपमा रहेको छ । संस्थालाई नेपाली कांग्रेसको भातृ संस्थाकै रुपमा मान्यता दिनका लागि माग गरिने नवगठित संस्थाका अध्यक्ष प्रकाश चिलुवालले बताए ।

संस्थाले नेपाली अपाङगता आन्दोनलाई रचनात्मक रुपमा अगाडि बढाउने अध्यक्ष चिलुवालको भनाई छ । चिलुवालले नेपाली कांग्रेसमा आस्था राख्ने अपाङ्गता भएका नागरिकहरुको संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको भविष्यका बिषयमा अन्यौल छाइरहेका बेला उक्त संस्थालाई पूर्नजिवन दिनका लागि पनि यो अपाङ्ग संघ वैचारिकको गठनले दबाब सिर्जना गर्ने उल्लेख गरे ।

उक्त संस्था नेपाली कांग्रेसको भातृसंस्थाका रुपमा रहेपनि पछिल्लो समयमा अन्यौलकोे अवस्थामा रहेका कारण कांग्रेसमा आस्थावान तमाम अपाङ्गता भएका नागकिलाई गोलबन्द गर्नका लागि लोकतान्त्रिक अपाङग संघ वैचारिकले काम गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *