पूर्वराजा ज्ञानेन्द्रले गरे जानकी मन्दिरमा पूजापाठ

झापाबाट शुक्रबार जनकपुर आएका साँझ गंगा आरतीमा, भोली क्रिसमस मनाउन चितवन जाँदै



जनकपुर । पूर्वराजा ज्ञानेन्द्र शाहले आज (शनिबार) जनकपुरस्थित जानकी मन्दिरमा पूजापाठ तथा दर्शन गरेका छन् ।

शुक्रबार झापाबाट रहेको जनकपुरधाम आएका पूर्वराज ज्ञानेन्द्र साँझ गंगा आरतीमा सहभागी भएका थिए ।

उनले आज जानकी मन्दिर पुगेर दर्शन तथा पूजापाठ गरे ।

पूर्वराजा ज्ञानेन्द्र जानकी मन्दिर पुगेपछि समर्थकहरुले ‘राजा आउ, देश बचाउ’ नारा लगाएका छन् । मन्दिरमा उनलाई महन्थ, साधुसन्त र हजारौं समर्थकले स्वागत गरेका हुन् ।

जानकी मन्दिरले पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि रेट कार्पेट  विच्छाइएको थियो । परिवारसहित आएका उनले हिजो राति जिरोमाइलस्थित सिताशरण होटलमा बिताए । आज बृहत्तर जनकपुर परिसरमा खुलेको सुविधासम्पन्न होटल सोल्टीमा बस्ने बुझिएको छ ।

उनी भोली क्रिसमस मनाउन चितवन जाने कार्यक्रम रहेको जनाइएको छ । चितवनमा पूर्वराजाका परिवारका अन्य सदस्यहरू पनि जाने कार्यक्रम रहेको जनाइएको छ ।