

नेपाली सेना र महानगरको संयुक्त पहलमा नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौं । २८औं महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले नेपाली सेनासँगकाे साझेदारीमा बृहत् स्वास्थ्य शिविर र नि:शुल्क औषधि वितरण गरिरहेकाे छ ।
बुधबार र बिहीबार बिहान ८ बजेदेखि १२ बजेसम्म बिरामीको नाम दर्ता र बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म स्वास्थ्य परीक्षण गरिने जनाइएकाे छ । सहिदगेटस्थित नेपाली सेनाको खेल मैदानमा उक्त शिविर सञ्चालन भइरहेको सेनाले जनाएको छ ।
शिविरमा जनरल फिजिसियन, कार्डियोलोजी, छाती रोग, स्त्री रोग, अल्ट्रा साउण्ड बालरोग, आँखा रोग, नाक कान घाँटी रोग, नसा तथा मानसिक रोग तथा दन्तरोगसम्बन्धी परीक्षण र औषधि वितरण भइरहेकाे काठमाडौं महानगरपालिकाले जनाएको छ ।