

मानपुर नजिक मोटरसाइकल दुर्घटना हुँदा ५ घाइते

तनहुँ – घिरिङमा दुई मोटरसाइकल ठक्कर खाई पाँच जना घाइते भएका छन् । बिहान करिब ९ बजेको समयमा घिरिङ-३ अर्चलकोट दुई मोटरसाइकल एक आपसमा ठक्कर खाएका छन्।
मोटरसाइकल ठक्करबाट घिरिङ-२, काठेकोट निबासी रामबहादुर राना, निजकी श्रीमती र छोरी घाइते भएको जनाइएको छ ।
त्यसैगरी घिरिङ–३ डाँडाथोक निबासी बिजय थापा र खिला निबासी एकजना महिला रहेको सुचना मानपुरका शुसिल कुमार श्रेष्ठले जनाए ।