

सांसद चौधरी र भारतीय अर्थराज्यमन्त्री पंकजबीच भेटवार्टा

नवपरासी । पश्चिम नवलपरासीबाट प्रतिनिधिसभाका लागि नवनिर्विाचित संसद तथा उद्योगपति विनोद चौधरी र भारतका अर्थ राज्यमन्त्री पंकज चौधरीबीच भेटवार्ता भएको छ ।
विनोद चौधरीले राज्यमन्त्रीसँगको भेटमा नवलपरासीको सर्वाङ्गीण विकास तथा रणनीतिक आयोजनाबारे छलफल भएको बताए ।
सामाजिक सञ्जालमा चौधरीले लेखेका छन् ,’पंकज चौधरीजी को भेटेर धेरै खुशी लाग्यो । मेरो निर्वाचन क्षेत्र नवलपरासीसँग जोडिएको भारतको महाराजगञ्ज युपीबाट प्रतिनिधित्व गर्दै भारतका अर्थ राज्यमन्त्री चौधरीसँग नवलपरासीको सर्वाङ्गीण विकास तथा रणनीतिक आयोजनाहरूबारे छलफल गर्न पाउँदा खुसी लागेको छ।