बैतडीमा प्रहरी सवार जीप दुर्घटना



 बैतडी । बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना भएको छ ।

पाटन नगरपालिका थुम भन्ने स्थानमा आज बिहान जिप दुर्घटना भएको हो ।

जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । उक्त जिपमा १२ जना सवार थिए ।

दुर्घटनाको विस्तृत विवरण भने नआइसकेको प्रहरीले जनाएको छ ।