यसरी गरियो रवि लामिछानेको गाडीमाथि आक्रमण (भिडियोसहित)

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको गाडीमाथि चितवनमा आक्रमण भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक तर्फका उम्मेदवार गणेश कार्कीले पार्टी सभापतिको घरदैलोको क्रममा रहेको गाडीमाथि प्रहार भएको भन्दै सामाजिक सञ्जालमा फोटो र भिडियोहरु सार्वजनिक गरेका छन्।

‘पार्टी सभापतिको घरदैलोको क्रममा रहेको गाडीमाथि प्रहार भएको छ। निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनु पर्ने राज्य मुकदर्शक बनेको छ,’ उनले लेखेका छन्,  ‘शान्ति सुरक्षा कायम गर्नमा राज्य सञ्चालनमा बसेकाहरूको असक्षमता फेरी एक पटक उदाङ्गो भएको छ। हाम्रा पाइलाहरू रोक्न जे जस्तो प्रहार भए पनि हामी रोकिन्नौँ। मङ्सिर ४ मा यो देशमा घण्टी त बज्छ, बज्छ।’

उनले समर्थक तथा शुभचिन्तकहरूलाई देशमा यो निर्वाचनमा केही अलग हुँदै गरेको जनाएका छन्।

‘यो परिवर्तनबाट आफूलाई जोखिम देखेकाहरूले उग्रता देखाउन सक्छन्। यसैले जे जस्तो परिस्थितिमा पनि आफू शान्त रहनुहोला, सुरक्षित रहनुहोला। आफूलाई कति पनि अप्ठ्यारो र जोखिममा नपारी मत परिवर्तन गर्नुहोला। सबै मिलेर राजनीतिमा यो किसिमका अलोकतान्त्रिक चरित्रलाई परास्त गर्नै पर्छ’ कार्कीले लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *