

बाग्लुङका विज्ञानले चलाएको मोटरसाइकलले हानेर रामबाबुको मृत्यु

काठमाडौं । काठमाडौंको थापाथलीनजिकै मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बाराको बरियापुरका ४४ वर्षीय रामबाबु कुसुवाको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जनाइएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बागलुङ घर भई भक्तपुर बस्दै आएका ३० वर्षीय विज्ञान कँडेलको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचार भइरहेको छ ।
आज बिहान करिब साढे ५ बजे त्रिपुरेश्वरबाट थापाथलीतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०२ ०१९ प ३१९५ नम्बरको मोटरसाइकल कुसुवालाई ठक्कर दिएर पल्टिएको थियो । उक्त मोटरसाइकललाई नियन्त्रणमा लिइएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।