कालीगण्डकी डाइभर्सन परियोजना अगाडि बढ्न दिन्नः शशांक

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्वी नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार डा. शशांक कोइरालाले कालीगण्डकी सभ्यतालाई नै सङ्कटमा पारी सुरु गर्न खोजिएको कालीगण्डकी डाइभर्सन परियोजना अगाडि बढ्न नदिने बताएका छन्।

चुनावी क्षेत्रअन्तर्गतका कार्यक्रमलाई सम्बोधन गर्दै उनले कालीगण्डकी डाइभर्सनले कालीगण्डकी सभ्यता नै सङ्कटमा पार्ने भएकाले यो डाइभर्सन परियोजना अगाडि बढ्न नहुने बताए।

त्रिवेणी–देवघाट हुँदै मुक्तिनाथ जोड्ने कालीगण्डकी नदी धार्मिक, सांस्कृतिक, आर्थिक र पर्यावरणीय हिसाबले नदी क्षेत्रका बासिन्दाको प्राण भएको भन्दै कोइरालाले प्रभावित क्षेत्रको जीवनसँग यसको अस्तित्व जोडिएको हुँदा कालीगण्डकी डाइभर्सन अगाडि बढ्न नहुने दाबी गरे।

‘कालीगण्डकी धार्मिक आस्थाको नदी हो, हाम्रो संस्कार र संस्कृति हो, आयोजनाले केही निश्चित व्यक्ति र समुदायलाई फाइदा होला तर प्रभावित क्षेत्रको जीवनसँग यसको अस्तित्व जोडिएको छु, ‘उनले भने। कोइरालाले डाइभर्सन निर्माण भए फाँट उजाड हुने, तापक्रम बढ्ने र तापक्रमको असर मानवसँगै पशुपक्षी र चराचुरुङ्गीमा पनि पर्ने भएकाले पर्यावरणीय र धार्मिक महत्त्व  बोकेको नदीलाई डाइभर्सन गर्न नहुने बताएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *