

प्रधानसेनापति शर्मा खोटाङमा

खोटाङ । निर्वाचन सुरक्षाको सन्दर्भमा प्रधानसेनापति प्रभुराम शर्मा खोटाङ आएका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी शान्ति सुरक्षाको स्थिति बुझ्न र अनुगमनका लागि प्रधानसेनापति शर्मा शुक्रबार खोटाङ आएका हुन् ।
निर्वाचनको शान्ति सुरक्षा व्यवस्थाबारे बुझ्नका लागि प्रधानसेनापति शर्मा खोटाङ आएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताए । खोटाङ आएको अवसरमा प्रधानसेनापति शर्माले हलेसीको दर्शन गरेका छन् ।
उनले हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र उपमेयर रमेश राउतसँग भेटघाट गरेका छन् । भेटमा निर्वाचनको सुरक्षासम्बन्धी कुराकानी भएको मेयर राईले बताइन् । ‘उहाँसँग निर्वाचनको सुरक्षाका सन्दर्भमा गफगाफ भयो,’ मेयर राईले भनिन्, ‘खोटाङ आउनुको उद्देश्यका बारेमा सेयरिङ गर्नुभएको थियो ।’