

आज पनि सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

काठमाडौं । बिहीबार बिहान सुदूरपश्चिममा फेरि भूकम्पको धक्का महसुस भएको छ ।
बाजुराको काँ आसपास केन्द्रबिन्दु बनाएर बिहान ५ बजेर १३ मिनेटमा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो ।
जिल्लाको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गतको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको छ ।
यसअघि खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर बुधबार बिहान गएको भूकम्पको धक्काले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको थियो ।