

सेनाले समायो निकुञ्जमा अवैध शिकार गरिरहेका २ शिकारी

बाँके । नेपाली सेनाको गस्ती टोलीले बाँके राष्ट्रिय निकुञ्जमा अवैध शिकार गरिरहेका दुई जनालाई पक्राउ गरेको छ ।
निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारीसहितको संयुक्त गस्ती टोलीले मंगलबार कोहलपुर नगरपालिका वडा नं. १३ स्थित भरैया इलाकाबाट अवैध शिकार गरिरहेका दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरूको साथबाट शिकारका लागि प्रयोग गरिएको दुई नाल भरुवा बन्दुक बरामद भएको छ।
उनीहरूलाई आवश्यक कारबाहीका लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको सेनाले जानकारी दिएको छ।