

सिंहदरबारकै गेट अगाडी मोटरसाइकल काल बनेर आएपछि…

काठमाडौं । परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट निधन भएको छ। बिहीबार सिंहदरबार पूर्वी गेट अघिल्तिर बाटो काट्दै गरेकी सुब्बालाई मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते अवस्थामा मोडल अस्पताल पुर्याइएको थियो ।
ठक्करपछि तत्काल उपचारका लागि मोडल अस्पताल पुर्याइएको आस्थालाई अस्पतालले मृत घोषित गरेको थियो ।
उनलाई कार्यालयपछि अनामनगरस्थित निवासमा फर्कने क्रममा मोटरसाइकलले ठक्कर दिएको जनाइएको छ ।
सुब्बा मन्त्रालयको रास्ट्रसंघ महाशाखामा कार्यरत थिइन्। उनी २०६९ मा नायब सुब्बा पदबाट परराष्ट्र सेवामा प्रवेश गरेकी थिइन्। उनले इजरायलस्थित नेपाली दूतावासको उपनियोग प्रमुख समेत भएर काम गरेकी थिइन्।