ब्यारेकभित्रै गएर मदिराको मातमा यौन सम्बन्धको प्रस्ताव राख्ने इन्स्पेक्टर ढुंगाना थुनामा

धादिङ – जिल्ला अदालत धादिङले सहकर्मीलाई बलात्कार प्रयास गरेको अभियोग लागेका प्रहरी निरिक्षक (इन्स्पेक्टर) अपूर्व ढुंगानालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

जिल्ला अदालत न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले मंगलबार इन्स्पेक्टर ढुंगानालाई थुनामा पठाउने आदेश दिएको हो।

इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यालय प्रमुखका रूपमा कार्यरत रहेका बेला उनले महिला प्रहरीमाथि बलात्कार प्रयास गरेको उजुरी परेको थियो। १५ असोजमा जिल्ला प्रहरी कार्यालय धादिङले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। ढुंगानाले मदिरा सेवन गरेर मध्यराति महिला ब्यारेकमा पसेर बलात्कारको प्रयास गरेको उजुरीमा थियो।

ढुंगानालाई मंगलबार नै जेलमा पठाइएको छ। गएको १५ असोज राति १ बजेतिर खानीखोलास्थित महिला प्रहरीको ब्यारेकमा पसेर इन्स्पेक्टर ढुंगानाले बलात्कार प्रयास गरेको यौन सम्बन्धको प्रस्ताव राखेको पीडितको उजुरीमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *