सूर्या लाइफद्वारा मिलियन डलर राउन्ड टेबल ग्लोबल कन्फ्रेन्सका लागि पन्थीको बिदाई



काठमाडौं सुर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन खड्काले मिलियन डलर राउन्ड टेबल ग्लोबल कन्फ्रेन्स-२०२२ मा सहभागी हुन जान लागेका कम्पनीका एमडीआरटी चन्द्रकान्त पन्थीलाई बिदाई गरेका छन् ।

पन्थीलाई कम्पनीको कार्यालयमा आयोजित बिदाई कार्यक्रममा कम्पनीका सिइओ खड्का र ब्रान्ड, डिजिटल मार्केटिङ र पब्लिक रिलेसन प्रमुख मेघेन्द्रप्रकाश गिरीले बिदाई गरेका थिए ।

एमडीआरटी पन्थी अष्ट्रेलियाको सिड्नीमा यहि अगस्ट २८ देखि ३१ तारिखसम्म हुने (एम डी आर टी) मिलियन डलर राउन्ड टेबल ग्लोबल कन्फ्रेन्स-२०२२ मा सहभागी प्रस्थान गरेका छन् ।

उक्त कन्फरेन्समा विश्वभरका देशहरुबाट एमडीआरटीको मापदण्ड अनुरुप टार्गेट पुरा गर्ने विभिन्न कम्पनीहरुका अभिकर्ताहरुको संयुक्त भेला हुने छ । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिनिधित्व गर्दै समारोहमा भाग लिन उत्साहित पन्थीले आफु त्यहाँ पुगेर देशको झण्डा फहराउने अवसर प्रप्त भएको  तथा नयाँ ज्ञान सिकेर अझै आफु सक्षम र दक्ष हुने कुरामा विश्वस्त रहेको बताए । 

बिगत ४ वर्षदेखी वमा क्षेत्रमा अभिकर्ताका रुपमा काम थालेका पन्थीले आफ्नो व्यावसाय सँगसँगै बिमा क्षेत्रमा पनि उत्कृष्टता हासिल गर्दै छोटो समयमै एमडिआरटी बन्न सफल भएको कुरा कम्पनीले जनाएको छ । यस भव्य समारोहमा विश्वभरबाट करिब ७० देशका ५ सयभन्दा बढी कम्पनीका प्रतिनिधिहरु सहभागी हुने भएका छन् ।