नेकपा अध्यक्ष दाहाल भेट्न पाैडेल पुगे खुमलटार



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ।

पार्टीको भोली अर्थात् मंसिर ३ का लागि बोलाइएको सचिवालय बैठकको पूर्वसन्ध्यामा भएको अध्यक्ष दाहाल र महासचिव पौडेलबीचको भेटमा पछिल्लो समयमा देखिएको पार्टीभित्रको गतिरोध अन्त्यबारे छलफल भएको बताइएको छ।

गत २७ गते बसेको सचिवालय बैठकमा प्रचण्डले एकतर्फी रूपमा राजनीतिक प्रतिवेदन पेश गरेका थिए।

दाहालको उक्त प्रतिवेदनपछि पार्टीमा असन्तुष्टी झन् थपिएको समाचारहरु आईरहेका बेला भोलीका लागि बोलाइएको सचिवालय बैठक पनि प्रभावित हुनसक्ने स्रोतले जनाएको छ ।