प्रेस युनियनः अध्यक्षमा लम्साल ४५ मतले अगाडि रहँदा महासचिवमा पौडेलको फराकिलो अग्रता, कसले कति मत ल्याए ? (सूचीसहित)



हेटौंडा । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको मतगणना शुरु भएको छ । हेटौंडामा शनिबार सम्पन्न निर्वाचनको मत गणना शुरु भएको हो ।

अहिलेसम्म ६ सय १२ मतगणना हुँदा अध्यक्षमा संस्थापन इत्तर पक्षबाट उम्मेदवार बनेका शिव लम्सालले अग्रता बढाएका छन् ।

संस्थापन पक्षबाट अध्यक्षमा उम्मेदवारी दिएकी अनिता बिन्दुले २ सय ७१ मत पाएकी छन् । संस्थापन इतर समूहबाट अध्यक्षको उम्मेदवार बनेका लम्सालले ३ सय १६ मत प्राप्त गरेका छन् । लम्साल ४५ मतले अघि छन् ।

यस्तै उपाध्यक्ष खुल्लामा नकुल अर्यालले अग्रता बढाएका छन् । अर्यालले ३४२ मत पाएका छन् । रामजी दाहालले २५० शेखर रेग्मी १८१, भीष्मराज ओझाले २८० मत पाएका छन् ।

यस्तै केन्द्रीय उपाध्यक्ष बागमतीमा गिरिजाप्रसाद अधिकारीले २ सय ९१ मुरारी अधिकारीले २८४ मत पाएका छन् ।

त्यस्तै महासचिवमा लम्साल प्यानलकै दिलीप पौडेलले फराकिलो मतान्तर बढाएका छन् । पौडेलले ४०१ मत ल्याउँदा संस्थापन पक्षका जगन्नाथ दुलालले १८३ मत प्राप्त गरेका छन् ।

सूचीः

१. अध्यक्ष:

अनिता बिन्दु : २७१

शिव लम्साल : ३१६

२. बरिष्ठ उपाध्यक्ष:

प्रेम केसी : २९५

सराेज अधिकारी: २८७

३. उपाध्यक्ष

नकुल अर्याल: ३३२

भिष्मराज ओझा: २८०

राममणी दाहाल: २५०

शेखर रेग्मी : १८१

४. उपाध्यक्ष (महिला)

कल्पना शर्मा: २७९

सलाेजा दाहाल: ३१६

५. उपाध्यक्ष (प्रदेश नं १)

डिल्लीराम खतिवडा: २४७

लवदेव ढुंगाना: १२०

हेमराज दाहाल: १९४

६. उपाध्यक्ष ( मधेश प्रदेश)

अनिल कर्ण: ४४

राेशनकुमार न्याैपाने: २७३

७.उपाध्यक्ष (बाग्मती प्रदेश)

गिरिजा प्रसाद अधिकारी: २९१

डा. मुरारी अधिकारी : २८५

८. उपाध्यक्ष (गण्डकी प्रदेश)

ओमकार आचार्य: २७४

ऋषिकान्त पाैडेल: २८६

९. उपाध्यक्ष ( लुम्बिनी प्रदेश)

जनार्दन घिमिरे: २६५

माधव प्रसाद अर्याल: ३०१

१०. उपाध्यक्ष (कर्णाली प्रदेश)

भानुभक्त खड्का: २६९

राजेन्द्र कार्की : २९२

११. उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश)

प्रेम चुनारा: २४५

मीन वम: ८१

मुकुन्द भण्डारी : २३२

१२. उपाध्यक्ष (उपत्यका)

जीवन भण्डारी: ३५९

निरज खतिवडा: २१२

१३. महासचिव

जगन्नाथ दुलाल: १८३

दिलिप पाैडेल: ४०१

१४. उपमहासचिव खुला

कमल पन्त: २५७

केशव सावद: २४०

युवराज गाैतम: ३२०

रविन्द्र सुवेदी: २३९

बिष्णु खड्का: २२६

सन्ताेष रेग्मी: २३५

१५. उपमहासचिव (महिला)

कुसुम सेन्चुरी: २२२

जानुका बराल: २३७

दिलिपाश्री अधिकारी: २९४

सुलाेचना गाैतम: २९४

१६. उप महासचिव (समावेशी)

अभयकुमार राई: ३०७

पवन श्रेष्ठ: २४६

१७. सचिव (खुला)

केदार दाहाल: २८६

खगेन्द्र घिमिरे: २१५

खगेन्द्र भण्डारीः २९२

गुरुप्रसाद गाैतम: २४९

तिर्थराज बस्नेत: २४८

भुवन शर्मा: २९५

लाेकेन्द्र भट्ट: २३३

विजय रेग्मी: २४०

१८. सचिव (महिला)

पुष्पा शर्मा: २७६

माला पालुङ्वा लिम्बू: २७०

मेनुका ढुंगानाः ३४४

रेजिना गाैतमः ३००

राेजि ढकाल पराजुली: २८३

१९. सचिव (आदिवासि/जनजाती)

लालकुमार माेक्तानः ३३८

सुशील थकालीः २१२

२०. सचिव (मधेशी)

अजित तिवारीः २८६

ओमप्रकाश साहः २५७

२१. सचिव ( दलित)

राजन रुचालः २८३

सन्ताेष गन्धर्वः २८३

२२. सचिव (पिछडिएकाे क्षेत्र)

एलपी देवकाेटा: २९३

दयाराम पण्डितः २८१

२३. सचिव (खस आर्य)

टेकराज जाेशीः २७५

युवराज रेग्मी: २८०

२४. सचिव (रेडियो माध्यम)

डम्बरबहादुर वम: २३९

नरहरी सापकाेटाः ३१८

२५. सचिव (छापा माध्यम)

राधा खनालः ३३१

श्याम प्रसाद खतिवडाः २२८

२६. काेषाध्यक्ष

माधव धितालः २९८

रमेश वाग्लेः २७६